logo-img

एफसी एसियन कप : इन्डोनेसियाविरुद्ध इराकको सानदार जित

कतारमा जारी एफसी एसियन कप फुटबलमा इराकले सानदार जित निकालेको छ । उसले गएराति कतारको अहमद विन अली स्टेडियममा भएको खेलमा इन्डोनेसियाविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो । 

समूह ‘डी’ मा रहेको इराकको जितमा मोहम्मद अली, ओसामा रासिद र आयमन हुसेनले एक/एक गोल गरे । इन्डोनेसियाका लागि मार्सिलेनिओ फेरडिनाले एक गोल फर्काए ।

१७ औं मिनेटमा मोहमद अलीले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए ।



३७ औं मिनेटमा मार्सिलेनिओले गोल गरेपछि इन्डोनेसियाले एक एकको बराबरीमा ल्याएको थियो । 

पहिलो हाफको अतिरिक्त सातौं मिनेटमा ओसामा रासिदले गोल गरेपछि इराकले पुनः अग्रता लियो । ७५ औं मिनेटमा आयमन हुसेनले गोल गरेपछि इराक ३–१ गोल अन्तरले अघि बढ्यो ।



त्यसपछि थप गोल नभएपछि इराकले ३–१ को सहज जित निकाल्न सफल भयो । यही समूहमा जापान र भियतनाम पनि रहेको छ । जापानले आफ्नो पहिलो खेलमा आइतबार भियतनामलाई हराएको थियो । 




  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार ७:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया