logo-img

अभिनेता प्रदीपकाे सुझाब : सञ्चार मन्त्रालयअन्तर्गत राख्दा चलचित्र क्षेत्र प्रोपोगाण्डा मात्रै भयाे, पर्यटनअन्तर्गत राखाैँ

अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डलाई  तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राख्दा प्रोपोगाण्डाको विषयका रूपमा मात्रै हेरिनसक्ने आशंका व्यक्त गरेका छन् । 

मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । फिल्म क्षेत्रलाई सञ्चार मन्त्रालयअन्तर्गत राख्दा आफूलाई चलचित्र कम्युनिकेसनको माध्यम बढी हो वा संस्कृति तथा पर्यटनको क्षेत्र बढी हो भन्ने उत्सुकता रहेको बताए । उनले प्रचारका लागि चलचित्रको भूमिका महत्वपूर्ण रहेको दाबी गरे । 

‘चलचित्रले प्रचारको एकदमै ठूलो भूमिका खेलेको छ । पर्यटन प्रवद्र्धनका लागि पनि यसले धेरै नै काम गरेको छ । तर, फिल्म सञ्चार मन्त्रालयअन्तर्गत गएर बसेको छ । कम्युनिकेसनको माध्यम बढी हो वा कल्चरको हो वा पर्यटनको हो यसमा उत्सुकता बढी भएको छ मलाई । नेपालमा हामी फिल्मलाई किन आकर्षित गरिरहेका छैनौँ ? किन मेकिङ, फिल्म टुरिजमको विशेषतालाई वा महत्वलाई किन बुझिरहेका छैनौँ । वा फिल्मलाई कल्चरको पाटो हो भनेर किन प्रवद्र्धन गर्न सकिरहेका छैनौँ । सञ्चार मन्त्रालयअन्तर्गत बोर्ड हुँदा के थाहा यसलाई प्रोपोगाण्डाको विषयका रूपमा मात्रै हेरिएको छ कि ?’

अभिनेता खड्काले नेपालमा चलचित्र छायांकनका लागि विदेशीहरूलाई आकर्षित गर्न नसकिएको बताए । 





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १७:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया