logo-img

शीतलहरका कारण विराटनगरका विद्यालय तीन दिन बन्द

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो । 

चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई ध्यानमा राखी बिदा दिने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ । 





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार २२:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया