logo-img

‘ए’ डिभिजन क्लब र दुई विदेशी टोलीले केपी ओली कप खेल्ने

केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा दुई विदेश टोलीसहित नेपालका ‘ए’ डिभिजन क्लब खेल्ने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप काठमाडौंमा हुँदै छ । यसपटक भुटान र भारतका क्लबले पनि खेल्ने आयोजकले जनाएको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नकआउटका आधारमा हुने प्रतियोगिताबारे जानकारी दिएको हो । 

प्रतियोगिताका खेलहरू च्यासल र दशरथ रंगशाला हुने भएको छ । सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा खेलाइने भएको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

म्यान अफ दी म्याचले १५ हजार र हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत वर्ष सम्पन्न पहिलो संस्करणमा मछिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि जितेको थियो । 





  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार २१:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया