logo-img

क्रिस्टल प्यालेसको पोस्टमा आर्सनलको ५ गोल, उक्लियो तेस्रो स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल सानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो ।

आर्सनललाई जिताउन ग्याब्रिएल मार्टिनेलीले २ गोल गर्दा लियोनार्दो ट्रोसान्ड र गेब्रियल मेगहेल्सले एक/एक गोल गरे । एक गोल भने उपहार पाएको थियो । ११ औं मिनेटमा गेब्रियल मेगहेल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । 

३७ औं मिनेटमा क्रिस्टल​का डिन हेन्डरसनले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो ।  ट्रोसान्डले ५९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । अतिरिक्त समयको चौथो र पाँचौं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले लगातार २ गोल गरेपछि आर्सनल ५–० को फराकिलो जित निकाल्न सफल भयो । 



जितपछि आर्सनल ४३ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भयो । समान ४३ अंक भएको एस्टन भिल्ला चौथो स्थानमा झरेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि ४३ नै अंक रहेको छ । 

लिभरपुल भने ४५ अंकका साथ शीर्ष स्थानमा छ । आर्सनलसँग पराजित भएको क्रिस्टल प्यालेस भने १४ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार २१:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया