नगरकोटमा बन्दै छ, सपनाको सानो सहर
‘अब हामी होटलका कोठा होइन, घर बुकिङ गर्छौँ’

प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट काठमाडौं उपत्यका नजिकको एक प्रसिद्ध र रमणीय पर्यटकीय स्थल हो । जो काठमाडौंदेखि २६ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा रहेको छ । 

कोटेश्वर, भक्तपुर हुँदै यहाँ पुग्न सकिन्छ । साथै, चाबहिल बौद्धनाथ, शंकरापुरमार्ग हुँदै पनि नगरकोट पुग्न सकिन्छ । नगरकोटबाट देखिने अग्ला हिमशृंखला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीको मनलाई आनन्दित तुल्याउँछ । यिनै प्राकृतिक सौन्दर्यलाई हेर्न यहाँ बाह्रै महिना पर्यटकको घुइँचो लाग्ने गर्छ । 

यो सहरको कोलाहलबाट उकुसमुकुस भएका जो–कोही व्यक्तिको सपनाको सहर हो । त्यही सपनाको सहर नगरकोटमा घर बनाउने योजना बनाउनुभएको छ भने अब तपाईँको सपनालाई रोहणी रियल स्टेट एन्ड सप्लायर्स प्रालिले पूरा गरिदिनेछ ।

रोहणी रियल स्टेट एन्ड सप्लायर्सले नगरकोटमा घर निर्माणसँगै आम्दानी गर्न चाहने व्यक्तिहरूलाई लक्षित गरेर ‘नगरकोट ड्रिम सिटी’ को अवधारणा अघि सारेको छ ।

रोहणीले अघि सारेको ड्रिम सिटी ४१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ ९० वटाभन्दा बढी घर निर्माण हुनेछन् । जहाँ खुला स्थान, बगैँचा, विद्युत् लाइन, सोलार सडक बत्ती, खानेपानी, ग्रोसरी शप, रेस्टुरेन्ट, २६ फिट चौडा सडक र ढल निकासको राम्रो व्यवस्था रहनेछ ।

घर निर्माणका लागि रोहणीले ५ आनामाथिका जग्गाहरू उपलब्ध गराउने छ । जहाँ पार्क, सामुदायिक भवन, ध्यान केन्द्र, सडक को छेउमा प्रशस्त हरियाली साथै खुला क्षेत्र पनि रहनेछन् । जहाँबाट १०० मिटर को दूरीमा नगरकोट बजार, बसपार्क, प्रहरी चौकी आदिसमेत रहेका छन् ।  



ड्रिम सिटी निर्माणका लागि नगर विकासबाट प्लानिङ परमिट प्राप्त यस आयोजनाअन्तर्गतका घडेरी फराकिला र चौडा मोहडाका छन् । यहाँ घर किन्न इच्छुक व्यक्तिलाई रोहणी रियल स्टेट  एन्ड सप्लायर्सले उचित फाइनान्सको व्यवस्थासमेत गरिदिएको छ ।

‘सपनाको सहरमा लगानी, आवास सँगसँगै आम्दानी’ भन्ने उद्देश्यका साथ ‘नगरकोट ड्रिम सिटी’को योजना तयार पारिएको हो । होम स्टेको हबको रूपमा विकास गर्न लागिएको उक्त स्थानमा घरमा लगानी गरेर आम्दानी कसरी हुन्छ ? भन्ने सोचमा हुनुहुन्छ भने तपाईँले त्यसको चिन्ता लिनुपर्दैन । यहाँ घर किनेर आफैं बस्ने कि उक्त घर आफूले चाहेको बेला फार्म हाउसको रूपमा प्रयोग गरी अरू दिन भाडामा लगाउने त्यसको निर्णय घर मालिकको हातमा रहन्छ । 



घरभाडामा कसले लिन्छ भन्ने चिन्ता पनि तपाईँले गर्नुपर्दैन । तपाईँको घर कम्तीमा मासिक ५० हजार भाडामा रोहणी रियल स्टेट एन्ड सप्लायर्सले नै लिनेछ । जसको व्यवस्थापन नगरकोट ड्रिम सिटीको लागि हस्पिटालिटी पार्टनर मेगा होटल एन्ड ट्राभल्स प्रानरले गर्नेछ । जहाँ होटलको रुम बुकिङ होइन घर बुकिङ गरी आफ्नै घरमा रमाउन सकिने वातावरण सिर्जना हुनेछ ।

नगरकोट आफैंमा हरकोहीको सपनाको सहर भएका कारण ड्रिम सिटीले आवास र आम्दानीलाई बढी ध्यान दिएको रोहणी रियल स्टेट एन्ड सप्लायर्सका निर्देशक तथा नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरे बताउँछन् । 

उनका अनुसार आफैं बस्न चाहनेका लागि नगरकोट ड्रिम सिटी एक नितान्त व्यक्तिगत आवास क्षेत्रको रुपमा रहनेछ भने आवास सँगसँगै आम्दानी र व्यापार गर्न चाहनेले आधुनिक होमस्टे सञ्चालनको लागि आफ्नो घरलाई भाडामा दिन सक्नेछन् । 

उक्त सहरभित्र आवश्यक पर्ने सबै पूर्वाधारको सहज पहुँच रहने महासचिव घिमिरेले बताए । ड्रिम सिटीमा ग्राहकले खरिद गरेका जग्गामा निर्माण भएका घर भाडामा लगाउने जिम्मा पनि उसैले लिने नगरकोट ड्रिम सिटीका प्रमोटरको रूपमा रहेको कम्पनी स्मार्ट सिटी विल्डेर्स प्रालि र मेगा होटल एन्ड ट्राभल्स प्लानरका कार्यकारी निर्देशक तथा नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रीय सदस्य मोहनबहादुर राउत बताउँछन् ।  

  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार १९:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया