logo-img

सानदार जितका साथ चेल्सी लिग कप फुटबलको फाइनलमा

चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति मिडिल्सबर्गलाई ६–१ ले हराउँदै चेल्सी कारबाआको फाइनलमा प्रवेश गरेको हो ।   

पहिलो लेगमा १–० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो । समग्रमा चेल्सी ६–२ गोलको जित निकाल्न सफल भयो ।

घरेलु मैदानमा चेल्सीले उपहार गोलमार्फत अग्रता लिएको थियो । १५ औं मिनेटमा जोनाथन हाउसनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लियो । २९ औं मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई २–० ले अघि बढाए ।

३६ औं मिनेटमा एक्सल डिसासीले गोल गर्दै पहिलो हाफमै फराकिलो अग्रतातर्फ उन्मुख गराए । ४२ औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले पहिलो हाफमै ४–० को सहज अवस्था बनाएको थियो । ७७ औं मिनेटमा पालमरले व्यक्तिगत दोस्रो गोल गर्दा ५–० को अग्रता कायम भयो । 

८१ औं मिनेटमा चुकुवुनोन्सो मडुकेले टिमका लागि छैटौँ गोल गरे । ८८ औं मिनेटमा मोर्गन रोजरले १ गोल फर्काए पनि मिडिल्सबर्गलाई त्यो मात्रै पर्याप्त गोल भएन । चेल्सीले अब उपाधिका लागि लिभरपुल र फुलहमबीचको विजेतासँग खेल्नेछ । 

पहिलो लेगमा लिभरपुल २–१ गोल अन्तरले विजयी भएको थियो । दोस्रो लेगको खेल बुधबार राति हुनेछ ।   





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार ८:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया