logo-img

नेप्से परिसूचक १० अंकले घट्याे

बुधबार नेप्से परिसूचक १० अंकले घटेर २०८८ अंकमा कायम भएको छ । लगातार कारोबारको छैटौँ दिनसम्म सेयर बजार घटेकाे हाे । 

बुधबार ८० कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घट्यो भने १४ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम पनि खुम्चिरहेको छ । 

अघिल्लो दिन ४ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडमा खुम्चियो । बैंकिङ समूह जम्मा १ अंक हरियो रह्यो भने अरु समूहहरू घटेका छन् । 

विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ७, हाइड्रोपावर ३३, जीवन बीमा ३८, उत्पादन १२, माइक्रोफाइनान्स ४, निर्जीवन बिमा ३२, अन्य १० र ब्यापार समूह ३० अंक घटे । प्रतिशतका आधारमा लगानी समूह सबैभन्दा धेरै १.६ प्रतिशत घट्यो ।

चन्द्रागिरि हिल्स र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त र समाज लघुवित्तको ६ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य भने १० प्रतिशत घट्यो । 

सिवाइसी लघुवित्तको ५, कामना सेवा विकास बैंकको ३.८ र हाथवे इन्भेस्टमेन्टको मूल्य ३.६ प्रतिशत घट्यो ।





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १५:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया