भिजिट भिसामा विदेश जानको लागि नयाँ नियम लागू, यस्ता छन् ६ बुँदा

सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ नियम लागू गरेको छ । भिजिट भिसामा विदेश जानेहरूलाई ठगिन र गैर कानुनी ढंगले त्यही लुकेर काम गर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यसहित अध्यागमन विभागले बुधवारदेखि लागू हुने गरी ट्राभल एड्भाईजरीसहितको ६ बुँदे नियम लागू गरेको हो । 

भिजिट भिसामा जानेहरू नठगिउन् र विदेशमा लुकेर गैर कानुनी ढंगले काम गर्नुपर्ने अवस्थाको अन्त्य हुने गरी अन्तर्राष्ट्रिय मापदण्डको आधारमा ६ बुँदे नयाँ नियम लागू गरिएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । 

जसअनुसार ६ महिनाको अवधि भएको पासपोर्ट हुनुपर्नेछ । त्यसै गरी गन्तव्य देशको भिसा, टिकट, होटल बुकिङ वा कतै आफन्तसँग बस्ने हो भने नाता प्रमाणित हुने कागजपत्र र सरकारी वा गैरसरकारी वा व्यक्तिगत रुपमा जाने हो ? त्यसको खर्चको विवरण उनीहरूसँग हुनुपर्नेछ । 

सरकारी वा गैरसरकारी संस्थाले खर्च नव्यहोर्ने अवस्थामा उनीहरूसँग ५ सय डलर बराबरको नगदी सटही भएको प्रमाण पनि बुझाउनुपर्ने महानिर्देशक तामाङले बताए । यसअघि सरकारले भिजिट भिसामा विदेश जानका लागि १७ बुँदे नियम लागू गरेको थियो । 

त्यसमा नक्कली कागजातहरू बनाउने नाममा गठिने र बिचौलियाहरूको फन्दामा परेर गन्तव्य मुलुकमा लुकेर गैर कानुनी ढंगले काम गर्ने अवस्था भएपछि अहिले नयाँ ६ बुँदे नियम लागू गर्नुपरेको पनि अध्यागमन विभागले जनाएको छ । महानिर्देशक तामाङले भिजिट भिसामा जानेहरूलाई बिचौलियाको भर नपर्न र उनीहरूले ठगी गर्ने अवस्थामा परेमा तत्काल नेपाल सरकारको सम्बन्धित निकायमा सम्पर्क गर्न विभागले सल्लाह दिएको बताए । 

विभाग जारी गरेको ट्राभल एडभाइजरीमा भिजिट भिसामा जानेहरूले गर्ने कामको सूचि नै उल्लेख गरिएको छ । महानिर्देशक तामाङले सो एड्भाईजरीमा पासपोर्ट, भिसा, टिकट, त्यहाँ बस्ने ठाउँ र खर्च बाहेक भिजिट भिसामा विदेश जानेहरूले अन्य खर्च गर्नु नपर्ने कुरा उल्लेख गरिएको बताए ।  





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १७:१७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया