काराबाओ कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काराबाओ कपको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने भएका छन् । बुधबार राति लिभरपुलले फुलहमलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–२ को जित हासिल गरेपछि फाइनलमा लिभरपुल र चेल्सी भिड्ने भएका हुन् ।

पहिलो लेगमा २–१ को अग्रता लिएर काराभान कटेज आएको लिभरपुलका लागि लुइस डियाजले ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । तर, ७६ औँ मिनेटमा इसा डियोपले बराबरी गोल फर्काए ।

फुलहमले थप गोल गरेको भए खेल अतिरिक्त समयमा पुग्ने थियो । तर, त्यसपछि कुनै गोल हुन सकेन । अब  लिभरपुल र चेल्सीको फाइनल भिडन्त २५ फेब्रुअरीमा वेम्बले स्टेडियममा फाइनल खेल हुनेछ । चेल्सी मंगलबार मिल्डसब्रोलाई ६–१ गोलले हराउँदै फाइनलमा पुगेको थियो । 





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार ७:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया