logo-img

इराक र जापान एसियन कपकाे क्वाटरफाइनलमा

एएफसी एसिया कप फुटबलमा समूह ‘डी’ बाट इराक र जापान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् । 

कतारमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा इराकले भियतनामलाई ३–२ गोल अन्तरको पुनरागमन जित निकाल्दै शीर्ष  स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गर्‍यो । १ गोलले पछि परेको इराकले नतिजा उल्टाएको थियो । 

४२ औं मिनेटमा भिट वुइ ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त चौँथो मिनेटमा भिएन खाङ रातो कार्ड पाउँदै मैदान छाड्दा (दोहोरो पहेँलो कार्ड) भियतनाम १० खेलाडीमा समेटिएको थियो ।

४७ औं मिनेटमा इराका लागि रेविन सुलाकाले बराबरी गोल गरेका थिए । ७३ औं मिनेटमा आयमिन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाएका थिए । ८३ औं मिनेटमा पाएको पेनाल्टी  आयमिन हुसेनले गोलमा परिणत गर्न असफल भए ।

क्वाङ हेइले गोल गरेपछि भियतनामले बराबरी गरेको थियो । तर, दोस्रो हाफको थप गरिएको १२ औं मिनेटमा इराकले पेनाल्टी पाएको थियो । भियतनामका खेलाडीले इराकका युसुफ यमिनलाई फल गरेपछि पाएको पेनाल्टीमा आयमिन हुसेनले गोल गर्दै अन्ततः ३–२ को जित दिलाए ।

समूह चरणको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । छैटौँ मिनेटमा जापानलाई आयासे वेडाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले अग्रता दोब्बर बनाएको थियो ।



८८ औं मिनेटमा इन्डोनेसियाका जस्टिन हुनबनेरले आफ्नै पोस्टमा गोल गरेपछि जापान ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा भियतनामका स्यान्डी वाल्सले गोल गरेर अन्तर ३–१ मा झारे पनि हार भने टरेन । 




  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार ७:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया