कोपा डेल रेबाट बाहिरियो बार्सिलोना

स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । बुधबार राति भएको कोपा डेल रेको क्वाटरफाइनलमा एथ्लेटिक बिलबाओसँग ४–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित समयमा दुवै टिमले दुई/दुई गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । जसमा एथ्लेटिकले ४–२ ले बाजी मार्न सफल भयो ।

एथलेटिकलाई सेमिफाइनलमा पुर्‍याउन गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकीविलियम्स र निको विलियम्सले एक/एक गोल गरे ।

बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक/एक गोल गरे पनि पर्याप्त भएन । पहिलो मिनेटमै गोर्का गुरुजेफाले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो । ३२ औं मिनेटमा बार्सिलोनाका लागि लामिन यमलले गोल गर्दै २–१ को अग्रता दिलाए ।

४९ औं मिनेटमा एथ्लेटिकका लागि आइहान सान्चेटले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटमित्र एथ्लेटिक क्लबले अरू २ गोल थप्दै सेमिफाइनलमा स्थान बनायो । 



अतिरिक्त समयको पहिलो १५ मिनेटको इन्जुरी टाइममा इनाकी विलियम्ले गोल गरेपछि एथ्लेटिक ३–२ ले अघि बढेको थियो । यसैगरी १२० औं मिनेटपछिको इन्जुरी टाइममा निको विलियम्सले गोल गर्दै एथ्लेटिकलाई सेमिफाइलनमा प्रवेश गराउँदा बार्सिलोनालाई क्वाटरफाइनलबाटै विदा गरे ।



अर्को खेलमा मल्लोर्काले गिरोनालाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । अब सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्न बाँकी छ ।

अब एथ्लेटिको मड्रिड र सेभिल्लाबीचको विजेताले अन्तिम चारमा स्थान बनाउनेछ । 


  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार ८:४४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया