‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार, दुई कर्मचारीलाई तीन महिना कैद

मधेस प्रदेशको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार अदालतले पुष्टि गरेको छ ।  ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको पुष्टि भएको हो ।

विशेष अदालतले साइकल खरिदमा भ्रष्टाचार भएको ठहरसहित दुई जनालाई कैद सजायको फैसला गरेको हो । न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश तेजनारायण सिंह र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै दुई जनालाई दोषी ठहर गरेका हुन् । 

अदालतले प्रदेश सचिव यामप्रसाद भुसाल र सिडिई भगवान झालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय तोकेको हो। उनीहरूलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । यो मुद्दामा आरोपित अन्य ६ जनाले भने सफाइ पाएका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ साउन १८ गते १० करोड ३३ लाख ७५८ रूपैयाँ हानिनोक्सानी पुगेको भन्दै ८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।  





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार ११:५०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया