logo-img

कानुन बनाउँछौँ, सूचना-प्रविधिको प्रयोगले देशको विकास गर्छौँ : मन्त्री शर्मा
फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताएकी छन् । 

पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २०औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिइन् । 
    
‘साइबर सुरक्षा नीति २०८० पारित भएको छ, सूचना र प्रविधिको क्षेत्रमा कतिपय कानुन छैनन्’, मन्त्री शर्माले भनिन्, ‘सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउने छ, सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउनुपर्छ ।’

मन्त्री शर्माले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने जानकारी दिँदै नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा समेतको लागिरहेको बताइन् । इन्जिनियरिङ क्षेत्रमा यो क्याम्पस आफैँमा ‘ब्रान्ड’ भएकाले विश्वमा विज्ञता हासिल गरेपछि देशको विकासमा ध्यान दिन उनको आग्रह थियो ।  







  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १२:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया