logo-img

काठमाडौंमा आज यो वर्षकै बढी चिसो, तापक्रम झर्‍यो २ डिग्रीमा

आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी,गण्डकी र बागमती प्रदेशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग लगायत मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरोले ढाकेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार राती कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै चिसो जिरीमा बढेको छ । त्यहाँको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री पुग्दा न्युनतम तापक्रम माइनस १ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

जोमसोमको न्यूनतम तापक्रम पनि माइनस ५ दशमलव ५ डिग्री रहेको छ । डडेलधुराको तापक्रम पनि २ दशमलव १ डिग्रीमा झरेको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री पुग्दा न्यूनतम तापक्रम भने ३ डिग्रीमा झर्‍यो । आज (बिहान साढे ६ बजे) काठमाडौंको तापक्रम २ डिग्री मापन गरिएको छ  । जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो । 





  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार ७:२५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया