इजरायली सेनाले गाजाको दोस्रो ठूलो सहरको नियन्त्रणलाई बलियो बनाउँदै

इजरायली सैनिकहरूले खान युनिसमाथि आफ्नो परिचालन नियन्त्रणलाई बलियो बनाउँदै लगेको इजरायली रक्षा बलले बिहीबार बताएको छ । 

खान युनिस गाजाको दोस्रो ठूलो शहर हो र यसलाई हमास नेता याह्या सिनवारको व्यक्तिगत गढ पनि मानिन्छ । उनको परिवार त्यहाँ बस्ने गरेको अनुमान छ । 

ओज ब्रिगेडका सिपाहीहरू, जसलाई ‘कमान्डो ब्रिगेड’ भनेर पनि चिनिन्छ उनीहरूले शहरी युद्धमा विशेषज्ञ, स्नाइपर फायर, सटीक मिसाइलहरू र ट्याङ्क फायर प्रयोग गरेर थुप्रै आतङ्ककारी टोलीहरूलाई नष्ट गरेको दाबी गरिएको छ । साथै अन्य चार आतङ्ककारीहरू नजिकको लडाइँमा मारिएको बताइएको छ ।

एउटा विशेष अपरेशनमा स्नाइपरहरूले थुप्रै आतङ्ककारीहरूलाई तिनीहरूको सुरुङबाट झुक्याएर मारेको बुझिएको छ । ओज ब्रिगेडका अन्य एकाइका सिपाहीहरूले हमासको कमाण्ड र नियन्त्रण केन्द्रमा छापा मारेको र उनीहरूले ठूलो मात्रामा गोला बारूद, हतियार, रणनीतिक रेडियो, रात्रि दृष्टि उपकरण, नक्सा र महत्त्वपूर्ण खुफिया सामग्रीहरू राखेको पाइएको छ । 

प्यालेस्टिनी इस्लामिक जिहादको खुफिया कमाण्डरको छुट्टै कमान्ड र नियन्त्रण केन्द्रमा पनि छापा मारिएको  र  थप हतियारहरू फेला परेको सेनाले जनाएको छ ।  

गत अक्टोबर ७ मा गाजा सीमा नजिक इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तिमा १ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । गाजामा हमासले बन्दी बनाएर राखेका पुरुष, महिला, बालबालिका र सैनिकहरूको सङ्ख्या अहिले १३६ रहेको विश्वास गरिन्छ ।  





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार ७:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया