रोमको भन्दा नेवारी र नेपाली आर्किटेक्चर राम्रो : मनीषा कोइराला
‘नेपाली नेतृत्व गलत बाटोमा हिँड्दैछ’

अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एकपटक सोच्नुपर्ने बताइन् ।

कोइरालाले अहिलेकै बाटो देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने बताइन् । उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रूपमा परिणत भइरहेको बताइन् । 

कोइरालाले नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन् । उनले रोमको आर्किटेक्चरभन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको पनि बताइन् । 

‘हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ । यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त । वीर नेपाली भनेर चिनिन्थ्यो । भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ,’ कोइरालाले भनिन्, ‘हाम्रो सांस्कृतिक कल्चर, हेरिटेज हेर्नुस् त । मान्छेहरू भन्छन्, रोमको आर्किटेक्चर राम्रो छ । म त अहँ, नेवारी आर्किटेक सबैभन्दा राम्रो छ, दुनियाँभरमा । नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।’



उनले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको पनि बताइन् । 



  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार ९:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया