logo-img

क्यामरुनलाई हराउँदै नाइजेरिया अफ्रिका कपको क्वाटरफाइनलमा

नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा अन्तिम ८ मा स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा क्यामरुनलाई २–० ले हराउँदै नाइजेरियाले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

नाइजेरियाको जितमा एडमोला लोकमानले दुवै गोल गरे । ३६ औँ मिनेटमा जेम्स ओसिमहेनको पासमा एडमोलाले गोल गर्दै नाइजेरियालाई अग्रता दिलाए ।

९० औँ मिनेटमा काल्भिन बेसेको पासमा एडमोलाले नै व्यक्तिगत दोस्रो गोल गर्दै नाइजेरियालाई २–० को जित दिलाउन सफल भए ।

नाइजेरिया समूह ‘ए’ बाट उपविजेता बन्दै अन्तिम १६ मा पुग्दा क्यामरुन समूह ‘सी’ बाट अन्तिम १६ मा पुगेको थियो । 
 





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १०:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया