प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन

प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिबन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

सहभागीहरूले प्यालेस्टिनी–यमनी झण्डा फहराएका थिए । हुथी नेताहरूको तस्बिरसहितका प्लेकार्ड बोकेका थिए भने अमेरिका र इजरायलबिरुद्ध नारा लगाएका थिए । एक प्रदर्शनकारी हातम अल–महाकरीले गाजाका उत्पीडित जनताको साथमा उभिन र उनीहरूको पीडा बाँड्न आफूहरूले आन्दोलन गर्नुपरेको बताए । 

हुथी सेनाका प्रवक्ता याह्या सारियाले नौसेनाले अडेनको खाडीमा रहेको बेलायती तेल ट्याङ्कर मार्लिन लुआण्डामा धेरै मिसाइलहरू प्रहार गरेको बताए । संयुक्त राज्य अमेरिकाले जनवरी १७ मा हुथी समूहलाई विश्वव्यापी आतङ्कवादीको रूपमा पुनः नामाङ्कित गरेको थियो ।





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १०:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया