logo-img

ओलीले भारतविरुद्ध खेले १९६ रनको इनिङ

भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेलको दोस्रो पारीमा इंग्ल्याण्ड टिमका ब्याटर ओली पोप दोहोरो शतक बनाउन चुकेका छन् । उनी दोहोरो शतक बनाउन चार रनले मात्र चुकेका हुन् । 

पोपले २७८ बलमा २१ चौकाको मद्दतमा १९६ रनको इनिङ खेले । उनकै सानदार पारीको मद्दतमा इंग्ल्याण्डले दोस्रो पारीमा ४२० रन बनायो । योसँगै इंग्ल्याण्डले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।  

पहिलो इनिङमा इंग्ल्याण्ड २४६ रनमै अलआउट भएको थियो । यस्तै, भारत पहिलो पारी ४३६ रनमा अलआउट भयो । उसका लागि रवीन्द्र जडेजाले सर्वाधिक ८६ रनको पारी खेलेका थिए ।  
 





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १२:८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया