नीतिश कुमार नवौँपटक विहारको मुख्यमन्त्रीमा विजयी

भारतको विहारको मुख्यमन्त्रीमा नीतिश कुमार विजयी भएका हुन् । उनी नवौँपटक विहारको मुख्यमन्त्री बनेका हुन् । 

आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका नीतिशले भारतीय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री पदको शपथ लिएका हुन् । 

मुख्यमन्त्रीमा चयन भएसँगै नितिशले विजेपीका दुई उपमुख्यमन्त्रीसहित आठजना मन्त्री चयन गरेका छन् । 

महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गर्दै राजीनामा दिएका नीतिशकुमार पुनः भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए)मा सामेल भएका हुन् । 

कूल २४३ सदस्यीय बिहार विधानसभामा आरजेडीसँग ७९ विधायक छन् भने भाजपासँग ७८ विधायक छन् । 

नीतिशकुमारको दल जेडियू ४५, कांग्रेस १९, भाकपा (एम–एल) १२, हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर)को चार र सिपिआई (एम) र भाकपाको एक–एक सदस्य छन् । 



एआइएमआइएम अन्य दुई सिट र एक स्वतन्त्र सदस्य रहेका छन् ।



  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार २२:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया