गाजा वार्ताका लागि फ्रान्समा छलफल
फाइल तस्बिर

गाजा वार्ताका लागि पेरिसमा अमेरिका, इजरायल, इजिप्ट, कतारका अधिकारीहरू छलफलमा जुटेको बताइएको छ ।

अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै शीर्ष इजिप्ट, कतारी र इजरायली अधिकारीहरूले गाजामा युद्धविरामका लागि आइतबार पेरिसमा कुराकानी अगाडि बढाएका छन् ।

फ्रान्सेली अधिकारीहरू पनि इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको शत्रुता रोक्न वार्ता गर्ने उद्देश्यले यी चार देशहरूसँग नियमित सम्पर्कमा रहेको बताइएको छ ।

वार्तामा सहभागीहरूका निकटस्थहरूले यसबारे जानकारी गराएका छन् । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ६:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया