logo-img

मुनव्वर फारुकी बने बिग बोस-१७ को विजेता

भारतीय रियालिटी सो ‘बिग बोस १७’ को उपाधि मुनव्वर फारुकीले जितेका छन् । ‘लकअप सिजन १’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् । 

‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए । तर, फिनालेमा एक–एक प्रतियोगी साेबाट बाहिरिएपछि अन्तिममा अभिषेक कुमार र मुनव्वर मात्र थिए ।

मुनव्वरले एक ट्रफीसँगै ५० लाख रुपैयाँ र हुण्डाइको क्रेटा कार पाएका छन् । मुन्नव्वर प्रख्यात स्टाण्डअप कमेडियन हुन् । उनी आफ्नो शायरीले दर्शकको मन जित्दै आएका छन् । उनको स्टेण्डअप कमेडीलाई दर्शकले यति धेरै मन पराउँछन् कि उनका हरेक सो हाउसफूल हुन्छन् ।

मुनव्वर ‘बिग बोस १७’ अघि कंगना रनावतको शो ‘लकअप सिजन १’ मा देखिएका थिए । उनका हरेक खेल दर्शकले मनपराएका थिए । यो सो पनि उनले जितेपछि उनको लोकप्रियता थप बढेको थियो । त्यसो त उनी विवादमा आइरहने कमेडियन पनि हुन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि मुनव्वरले परिवार पाल्नकै लागि समोसा बेच्ने काम गरे । इन्दोरका उनले सन् २००७ मा मुम्बई आएपछि भाडाको दोकानमा काम गरे । यो काम गर्दा उनले ६० रुपैयाँ मात्र ज्याला पाउँथे ।

यसबाहेक उनले ग्राफिक डिजाइनरको पनि काम गरे । सन् २०१७ मा ओटिटी प्लेटफर्म आएपछि उनलाई कमेडी साेको बारेमा थाहा भयो । त्यसपछि उनले ‘दोध दह्यो’ नाम कमेडी सो चलाए । यो सो यति लोकप्रिय भयो कि त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन ।    





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ७:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया