बराबरीमा रोकियो शीर्ष स्थानको पिएसजी

फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) र ब्रेस्टले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै एक अंक लिएका हुन् । 

पीएसजीले २ गोलको अग्रता जोगाउन असफल भएको थियो । पीएसजीका लागि ३८ औं मिनेटमा मार्को एसेन्सियो र ४५ औं मिनेटमा रान्डाल कोलो मुनाइले गोल गर्दै पहिलो हाफमा सहज अवस्थामा पुर्‍याएका थिए ।

ब्रेस्टले ५५ औं मिनेटमा महदी कमारा र ८० औं मिनेटमा माथिस परेराको गोलको मद्दतले खेल २–२ को बराबरीमा ल्याउँदै महत्वपूर्ण एक अंक थप्न सफल भयो । पीएसजी ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा ब्रेस्ट ३५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको नाइसको ३८ अंक रहेको छ ।

यस्तै, अर्को खेलमा लेन्सले टोलुसलाई २–० गोल अन्तरले पराजित गरेको छ । लेन्स तालिकाको आठौं स्थानमा छ भने टोलुस १४ औं स्थानमा छ ।

त्यसैगरी रेमिस र नान्टेसले गोलरहित बराबरी खेल्दा केलमन्ट र स्टार्सबर्गले एक एक गोलको बराबरी गरे ।  लोरेन्ट र लि हार्भेले तीन तीन गोलको बराबरी खेल्दै अंक बाँड्दा मोन्ट पिलर र लिलेले गोलरहित बराबरी खेलेका थिए । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ९:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया