माल्दिभ्समा संसदभित्रै सांसदबीच कुटाकुट

माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले तीन मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) ले विरोध जनाएपछि झडप भएको हो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रमुख विपक्षी दल ‘माल्दिभ्स डेमोक्रेटिक पार्टी’ (एमडीपी) ले मन्त्रिपरिषदमा मतदान गर्नुअघि मुइज्जुको सरकारले गरेको सिफारिस चार सदस्यको संसदीय अनुमोदन रोक्नु पर्ने माग गरेको थियो ।’ 

एमडीपीको मागमा सरकार पक्षधर सांसदले विरोध गर्न थालेपछि संसदभित्रै पक्ष र प्रतिपक्षका सांसद हात-हालाहालको स्तरमा उत्रिँदा बैठक नै अवरुद्ध भएको थियो ।

दुई पक्षबीचमा भएको झडपको क्रममा कान्दथिमुका सांसद अब्दुल्ला साहीम, अब्दुलहकीम साहीम र केन्डिकुलहुदुका सांसद अहमद इसाबीच हात-हालाहालको अवस्था आएको थियो ।

झडपका क्रममा दुवै सांसद चेम्बर नजिकै खसेकाले शहीमको टाउकोमा पनि चोट लागेको जनाइएको छ । अल्पसंख्यक नेता मुसा सिराजले विवाद रोक्न खोजेका थिए ।  

गठबन्धन सरकारले आवास, भूमि तथा सहरी विकास मन्त्री डा. अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको थियो । त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन ।



प्रधानमन्त्री मुइज्जु नेतृत्वको गठबन्धन सरकारलाई चीननिकट रहेको बताइन्छ । उता प्रमुख प्रतिपक्षी विपक्षी दल एमडीपी भारतको निकटस्थ मानिन्छ । 
 



  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार ९:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया