इरानले गर्‍यो तीन उपग्रहको अन्तरिक्षमा सफल परीक्षण, पश्चिमी देश सशंकित

इरानले आइतबार तीनवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । तर, पश्चिमी देशहरूले इरानको उक्त कार्यको  आलोचना गरेका छन् । 

पश्चिमी देशले त्यसले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अझ बढाउने भन्दै आशंका गरेका छन् । इरानको सिमोर्ग रकेटको सफल परिक्षण भएको जनाइएको छ । अन्तरीक्ष  

इरानले गरेको यो प्रक्षेपण गाजा पट्टीमा इजरायलले हमासविरुद्ध जारी युद्धका कारण पश्चिम एसियामा तनाव बढेको बेला गरेकाले अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाएका छन् ।

इरानको सरकारी टेलिभिजनले जारी गरेको फुटेजमा राति सिमोर्ग रकेट प्रक्षेपण गरिएको देखाइएको छ । सरकारी टेलिभिजनले प्रक्षेपण गरिएका भू–उपग्रहहरूलाई महदा, केहान–२ र हत्फ–१ नाम दिएको छ ।  

महदा एक अनुसन्धान उपग्रह हो, जबकि कायहान र हत्फ क्रमशः ग्लोबल पोजिसनिङ र सञ्चारमा केन्द्रित नानो उपग्रह हुन् । अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले आणविक हतियार पुर्‍याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो ।  

इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १२:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया