नाउरुले एक चीन सिद्धान्तलाई मान्यता दिने

नाउरको सरकारले एक चीन सिद्धान्तलाई मान्यता दिने निर्णय गरेको छ । ताइवानका अधिकारीहरूसँग तथाकथित कूटनीतिक सम्बन्ध तोडेको र चीनसँग कूटनीतिक सम्बन्ध पुनः सुरु गर्न इच्छुक रहेको घोषणा गरेको छ ।   

१९ वर्षको अन्तरालपछि चिनियाँ कूटनीतिक टोलीले सोमबार नाउरुमा चिनियाँ राष्ट्रिय झण्डा फहराएको छ । १९ वर्षमा पहिलोपटक प्रशान्त टापुमा पाँच तारे रातो झण्डा फहराइएको हो ।  

नाउरुमा चिनियाँ दूतावासलाई उनीहरूको अस्थायी कार्यालयहरू रहेको परिसरमा पुनःस्थापना गर्न समारोह आयोजना गरेको थियो । चीन र नाउरुले २४ जनवरीमा बेइजिङमा राजदूतस्तरमा कूटनीतिक सम्बन्धको पुनःस्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १३:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया