logo-img

दुर्घटनाबाट जोगिए कार्तिक आर्यन

बलिउड अभिनेता कार्तिक आर्यन आइतबार सम्भावित एक दुर्घटनाबाट जोगिएका छन् । गुजरातमा भएको फिल्मफेयर अवार्डमा सहभागी हुन पुगेका आर्यनले आफ्ना फ्यानलाई अभिवादन गर्ने क्रममा फ्यानले ब्यारिकेड तोडेका थिए । ब्यारिकेड तोडिएर फ्यान भुइँमा लडे पनि कार्तिकलाई भने केही भएन ।

उक्त दृश्यको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा कार्तिक फ्यानलाई भेट्न गएका छन् । त्यो बेला उत्साहित फ्यानको भीडले ब्यारिकेड तोडेपछि उनीहरू एक अर्कामाथि लडेका हुन् । कार्तिकलाई देख्नासाथ कार्तिकतिर फ्यान आउन खोजेपछि ब्यारिकेड लडेको थियो ।

ब्यारिकेड लड्नासाथ कार्तिक पछाडि सरेर आफूलाई सुरक्षित स्थानमा राखेका थिए । समाचार अनुसार उक्त दुर्घटनामा केही फ्यान घाइते भएका छन् । आयोजक र प्रहरीले तुरुन्तै स्थानलाई नियन्त्रण लिएको थियो । जसकारण त्यहाँ भाग दौड हुन पाएन ।

कार्तिकले अवार्डमा आफ्नो प्रस्तुति पनि दिएका थिए । कालो टी–सर्टवाला कोट र त्यस्तै पेन्टमा उनी आकर्षक देखिएका थिए । कार्तिक हाल फिल्म ‘चन्दु च्याम्पियन’को सुटिङमा व्यस्त छन् । 





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १३:५१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया