प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबको सातौँ जित, गण्डकी ६ विकेटले स्तब्ध

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय क्लब नेपाल पुलिसले अपराजित यात्रा कायम राखेको छ । समूह चरणको सातौँ खेल खेलेको पुलिसले अहिलेसम्म शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल भयो । 

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले स्तब्ध बनाएको छ । गण्डकी प्रदेशको भने यो छैटौँ हार हो । गण्डकीले पहिला ब्याटिङ गर्दै ३८.३ ओभरमा सबै विकेट गुमाएर १७० रन बनाएको थियो । 

गण्डकीका लागि अमृत गुरुङले अर्धशतकीय पारि ५० रनको खेल्दा कमल परियार र करण पँगेनीले ३०–३० तथा समीर कँडेलले २९ रन बनाए । पुलिसका रसिद खानले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र करण केसीले दुई दुई विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

१७१ रनको लक्ष्यसहित मैदान उत्रिएको पुलिसले २४.२ ओभरमा ४ विकेट गुमाएर विजयी भयो । पुलिसको जितमा दिलिप नाथले ५७ रनको अर्धशतकीय पारि खेल्दा अर्जुन साउदले नटआउट ४४ न बनाए । 

यसैगरी आरिफ शेख पनि नटआउट २७ रनमा फर्किदा, कुशल भुर्तेलको ब्याटबाट २२ रन बन्यो । शंकर राना भने १२ रनमा आउट भएका थिए । गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिँदा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए ।





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १५:३९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया