प्रधानमन्त्री कप : आर्मीले सुदूर पश्चिमलाई ९७ रनले हरायो

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब त्रिभुवन आर्मीले सुदूर पश्चिममाथि ९७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा सुदूर पश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी दोस्रो स्थानमा उक्लिएको छ । 

आमीले ८ खेलबाट १२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको पुलिस ७ खेलबाट शतप्रतिशत जितका साथ १४ अंक बनाएको छ । सुदूर पश्चिम प्रदेशको भने यो तेस्रो हार हो । सदूरपश्चिम ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ । तालिकाको शीर्ष २ मा हुने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

पहिला ब्याटिङ गरेको आर्मीले ४८.३ ओभरमा सबै विकेट गुमाएर २६२ रन बनाएको थियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले । 

उनले ६७ बलमा ३ छक्का र १० चौकाको मद्दतले ७५ रन बनाएका हुन् । यसैगर विवेक यादवले ३६ रन बनाउँदा सोमपाल कामीले ३१ रन जोडे । यस्तै, सन्तोष कार्कीले ३० रनको योगदान गर्दा सहाव आलमको ब्याटबाट २१ रन बनायो ।

सुदूर पश्चिम प्रदेशका भोजराज भट्टले ६ विकेट लिँदा नरेश साउदले ३ विकेट हात पारे । यसैगरी विकास अग्रीले एक विकेट लिए । जवाफी लक्ष्य पच्छ्याएको सुदूर पश्चिम प्रदेश ४०.१ ओभरमा सवै विकेट गुमाएर १६५ रनमा रोकियो ।

सुदूर पश्चिमका लागि किरण ढगुन्नाले ६८ रनको उत्कृष्ट पारि खेल्दा शेर मल्लले २४ रन जोडे । यसैगरी नरेन भट्टले १८ रन बनाउँदा गजेन्द्र बोहोराले १२  तथा नरेश जोशीले १३ रन बनाए । प्रकाश पाण्डेको ब्याटबाट ११ रन बन्यो ।



सुदूर पश्चिमलाई रोक्ने क्रममा जितेन्द्र मुखियाले सर्वाधिक ५ विकेट लिँदा सोमपाल कामीले २ विकेट हात पारे । यसैगरी सहाव आलम, कुशल मल्ल र बसिर अहमदले एक एक विकेट लिए ।



  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार १७:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया