हिसान स्पोर्टस् : क्रिकेटको उपाधि कान्तिपुरलाई, भलिबलमा अर्किड

हिसान स्पोर्टस् मिटको १२औँ संस्करणअन्तर्गत सोमबार विभिन्न विधाका फाइनल खेल सम्पन्न भएका छन् ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता कान्तिपुर कलेजले र अरनिको कलेजलाई पराजित गर्दै उपाधि हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा कान्तिपुरले अरनिको कलेजलाई ५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४ रनको योगफल तयार पारेको थियो । विशाल यादवले ३४ रन बनाउँदा निशान्त यादव र राज वर्माले समान १६–१६ रन बनाए । अरनिकोका नुर अहमदले ३ विकेट लिँदा सागर मोचीले २ विकेट लिए ।

१ सय ५ रनको चुनौती पाएको अरनिकोले १९ दशमलव ४ बलमा सबै विकेट ९९ रनमा सीमित भयो । जसमा रामनारायण यादवले ३१ रन जोड्दा सोनुकुमार साहले १६ रन जोडे । कान्तिपुरका म्यान आफ द फाइनल महमद सोहेलले ३ विकेट लिँदा कृतिक कामतले–२ विकेट लिए ।

फुटबलमा रेड स्टार र अर्किड फाइनलमा

सहिद मैदानमा भएको फुटबल खेलमा रेड स्टार कलेज र अर्किड कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।



पहिलो खेलमा पथरीको रेड स्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । 

निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको म्यान अफ म्याच रेड स्टारका गोलकिपर समिर विष्ट घोषित भए ।



दोस्रोे खेलमा अर्किड कलेजले अरनिको कलेजलाई ५–१ को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । अर्किडका म्यान अफ द म्याच प्रनिल थापा मगरले ह््याट्रिसहित ४ गोल सागर विश्वकर्माले १ गोल गरे भने अरनिकोका हिमेश पौडेलले १ गोल फर्काए ।

यस्तै, छात्रा फुटबलमा रेड स्टार र अर्किड विजय भई फाइनलमा प्रवेश गरेका छन् ।

पहिलोे खेलमा रेड स्टारले विराटनगरको शिक्षादिप कलेजलाई ३–० को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । रेड स्टारका वेमेन अफ द म्याच आसिका लिम्बु, प्रमिशा श्रेष्ठ र सन्ध्या पौडेलले १–१ गोल गरिन् ।

दोस्रो खेलमा अर्किड कलेजले कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । खेलको वेमेन अफ म्याच अर्किडकी गोलकिपर प्रियंका थन्दार घोषित भइन् । 
 
आजै डिल्ली पब्लिक स्कुलमा भएको छात्र भलिबलमा कान्तिपुर विजयी हुँदै उपाधि हात पारेको छ । कान्तिपुरले मोडर्न एरा स्कुललाई १६–२५,२६–२४,२५–२१ र २५–२० को  सेटले पराजित गरि उपाधि हात पारेको हो ।

छात्रा भलिबलमा अर्किड कलेज विजयी हुँदै उपाधि हात पारेको छ । अर्किडले कान्तिपुर कलेजलाई २९–२७,२५–१७ र २५–२० को  सेटले पराजित गरी उपाधि हात पारेको हो ।
 
आजै भएको टेबल टेनिस स्पर्धातर्फ ब्वाइज टिम इभेन्टमा मेरिल्याण्ड कलेज विजयी भएको छ । 
 
फाइनलमा मेरिल्याण्डले अरनिकोलाई ३–० को सोझो म्याच स्कोरले पराजित गर्दै विजयी भएको हो । शिक्षादीप र सगरमाथा संयुक्त रुपमा तृतीय भए । त्यसैगरी गल्र्स टिम इभेन्टतर्फ सगरमाथा कलेजले अरनिकोलाई ३–१ म्याच स्कोरले पराजित गर्दै विजयी भएको हो । मेरिल्याण्ड र कान्तिपुर संयुक्त रुपमा तृतीय भए । 

त्यसैगरी ब्वाइज एकलमा मेरिल्याण्डका सौगात कोइरालाले विकेभिएमका यथार्थ आचार्यलाई ११–६, ९–११, ११–८, ७–११, ११–८ को रोमाञ्चक सेट स्कोरले हराउँदै प्रथम भए । 

सोही इभेन्टमा अरनिकोका रोशन साह र कान्तिपुरका अनिकेत मण्डल संयुक्त रुपमा तृतीय भए । गल्र्स एकलमा सगरमाथाकी निकिता तामाङले सगरमाथाकै रुबी मेहतालाई ५–११, ८–११, ११–५,११–५, ११–९ को प्रतिस्पर्धात्मक सेट स्कोरमा पराजित गर्दै प्रथम भइन् । अरनिकोका दुवै खेलाडी रितिसा भण्डारी र प्रजिना गच्छदार संयुक्त रुपमा तृतीय भए ।
 

  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार २०:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया