सन्दीपले व्यक्तित्वको दुरुपयोग गरी बलात्कार गरेको जिल्ला अदालतको ठहर

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले ‘व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको’ ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलामा यस्तो ठहर गरिएको हो । 

सोमबार सार्वजनिक गरिएको उक्त फैसलाको पूर्णपाठमा सन्दीपले क्रिकेट खेलेर बनाएको आफ्नो ख्याति (स्टारडम)को दुरुपयोग गरेर गौशाला २६ लाई बलात्कार गरेको ठहर गरेको उल्लेख छ । 

आर्थिक रुपमा कमजोर रहेको र आर्थिक भरथेगको आशामा पीडितले सन्दीपलाई भेटेको हुनसक्ने भन्दै जिल्ला अदालतले सन्दीपले त्यस्तो विश्वासको दुरुपयोग गरेको औँल्याएको हो । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यस्ता निर्बल व्यक्तिलाई अर्को पक्षले सहजै दुरुपयोग गर्नसक्ने हुँदा त्यस्ता व्यक्तिहरु यौन जोखिममा रहेका हुन्छन् । यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मञ्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ ।’

उक्त मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । त्यस्तै, पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरेको थियो ।





  • प्रकाशित मिति : माघ १५, २०८० साेमबार २२:४२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया