logo-img

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ । 

घरमै हृदयाघात भएपछि उनलाई आज बिहान उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । 

५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए । उच्च अदालतले आज सबै पेसी स्थगित गरेको छ ।  

मरासिनी रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर उच्च अदालत आएका थिए । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १४:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया