प्रधानमन्त्री कप : एपिएफको चौथो जित

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले चौथो जित निकालेको छ । एपिएफले समूह चरणको सातौँ खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमको भने यो तेस्रो हार हो । 

एपिएफ र सुदूरपश्चिम समान ८ अंकका साथ तालिकाको पाँचौँ र छैटौँ स्थानमा छन् ।

मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा सबै विकेट गुमाएर ८७ रनमा समेटिएको थियो । सुदूरका लागि नारायण जोशीले सर्वाधिक ३१ रनको नटआउट पारी खेल्दा खडक बोहोराले २४ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भए । एपिएफका चन्दन रामले ५ विकेट लिँदा भुवन कार्कीले ३ विकेट हात पारे । यसैगरी रोहित पौडेलले २ विकेट लिएका थिए ।

तर, ८८ रनको लक्ष्य पछ्याएको एपिएफले जित निकाल्नै कडा मिहिनेत गर्नुपरेको थियो । लगातार विकेट पतन भएका बेला सन्दीप जोराले एपिएफलाई जित दिलाए । जोराले सर्वाधिक १८ रनको नटआउट पारी खेल्दा आशिफ शेखले १५ रन बनाएका थिए । यसैगरी भुवन कार्कीले १४ रन बनाउँदा प्रदीप ऐरी १२ रन बनाएर पभेलियन फर्किए ।

सुदूरका दीपक चन्दले सर्वाधिक ४ विकेट लिँदा नरेन साउदले ३ विकेट निकाले । 
 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १५:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया