आज राति यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्यो भने आज राति ३.५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ । 

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले संघीय राजधानी काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायु प्रभावकारी नहुँदा हिउँदे वर्षा हुन नसकेको मौसमविद् नगरकोटीले बताए । हिउँमा वर्षा गराउने भनेको पश्चिमी वायुको प्रभावले हो, यो वर्ष पश्चिमी वायुको प्रभाव आए पनि कमजोर किसिमको रहेकाले बाँदल लाग्ने भए पनि वर्षा गराउन सकेको थिएन । अबको केही दिन पश्चिमी वायुको प्रभाव रहेकाले देशका पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको छ । तथापि पश्चिमी वायु देशको पूर्वी भेगतिर पुग्दा कमजोर भइसक्नेछ ।

भोलि माघ १७ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम पहाडी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 



माघ १८ गते मंगलबार पनि गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना  छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार २०:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया