logo-img

माओवादी आक्रमणमा तीन प्रहरीको मृत्यु

भारतको छत्तीसगढमा माओवादी आक्रमणमा परी तीन प्रहरीको मृत्यु भएको छ । जिल्लाको बिजापुर–सुक सीमामा अवस्थित टेकुलगुडममा रहेको सुरक्षा बलको क्याम्पमा माओवादीले आक्रमण गरेको थियो । 

आक्रमणमा परी तीन प्रहरी जवानको मृत्यु भएको बिबिसीले जनाएको छ । आक्रमणमा परी १४ प्रहरी घाइते भएका छन् ।

उक्त क्षेत्रमा प्रहरीले गत मंगलबार मात्रै नयाँ शिविर स्थापना गरेको थियो । माओवादीको खोजी अभियानमा निस्किएका प्रहरीमाथि शंकास्पद माओवादीले चौतर्फी हमला गरेका थिए ।

दोहोरो भिडन्तमा परी घाइते जवानलाई उपचारका लागि जगदलपुर रिफर गरिएको छ । तीमध्ये धेरै प्रहरीको अवस्था चिन्ताजनक रहेको छ ।

यसअघि तेकुलगुडम क्षेत्रमा सन् २०२१ मा माओवादीसँगको भिडन्तमा २३ प्रहरी मारिएका थिए ।





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार २१:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया