नटिङ्घमविरुद्ध आर्सनलको रोमाञ्चक जित, घटायो लिभरपुलसँगको अंक दूरी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक दूरी कम गरेको छ । मंगलबार राति भएको खेलमा नटिङ्घम फरेस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक जोडेपछि आर्सनलले अंक दूरी २ मा झारेको हो । 

शीर्ष स्थानको लिभरपुल ४८ अंक रहेको छ भने आर्सनलको ४६ अंक रहेको छ । तर, लिभरपुलले एक खेल कम (२१) खेलेको छ । मंगलबार राति आर्सनललाई जिताउन ग्याब्रिएल जेसस ६५ औं र बकायो साकाले ७२ औं मिनेटमा एक/एक गोल गरे ।

नटिङ्घमका लागि टाइवो अवोनियीले ८९ औं मिनेटमा फर्काएको १ गोल सान्‍त्‍वनामा परिणत भयो । आर्सनलसँग पराजित भएको नटिङघम १६ औं स्थानमा रहेको छ । प्रिमियर लिगकै अन्य खेलमा न्युक्यासल युनाइटेडले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडर्ला ३–२ गोलले स्तब्ध बनायो ।

यसैगरी लुटनले ब्राइटनमाथि ४–० गोलको एकतर्फी जित दर्ता गर्दा फुलह्याम र एभर्टनले भने गोलरहित बराबरी खेल्दै तालिकामा एक/एक अंक लिएका छन् । 





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ८:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया