इमरान खानको पार्टीले गरेको र्‍यालीमा विस्फोट : चारको मृत्यु, पाँचजना घाइते

जेल सजाय काटिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले बलुचिस्तानमा गरेको एक र्‍यालीमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अरू पाँचजना घाइते भएका छन् । 

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीको चुनावी र्‍याली हुँदै गर्दा सिबी शहरको जिन्ना रोडमा विस्फोट भएको थियो । सिबीस्थित जिल्ला सदरमुकाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बाबरले चार जनाको मृत्यु भएको र पाँचजना घाइते भएको पुष्टि गरेका छन् ।

घाइतेलाई सिभिल अस्पतालमा भर्ना गरिएको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर अपराधीको खोजी सुरु गरेको अधिकारीले जनाएका छन् । पीटीआई पार्टीले एक विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै छानबिन गर्न माग गरेको छ । 





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार ८:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया