मिसेस् नेपाल क्यानडा-२०२४ को विजेता बनिन् सृष्टि श्रेष्ठ

मिसेस् नेपाल क्यानडा–२०२४ पहिलो संकरणको विजेता सृष्टि श्रेष्ठ बनेकी छन् ।  नमुना फेसन कलेजले तयार पारेको सुरुचिपूर्ण डिजाइनर पहिरनमा सजिएका १० जनालाई उछिन्दै श्रेष्ठ विजेता बनेकी हुन् ।

उक्त प्रतियोगितामा क्यानडाकी कार्यवाहक राजदूत रोजिना ताम्राकारलाई प्रमुख अतिथि बनाइएको थियो । प्राध्यापक नीरा शर्मा, डा. संगिता धौबडेल, सुभेक्ष भट्ट र निलु केशरी लगायतका निर्णायकहरूको प्यानलले प्रभावशाली लाइनअपबाट विजेता छनोट गर्ने चुनौतीपूर्ण काम भव्यताका साथ सम्पन्न गरेका थिए ।

फाइनल राउण्डमा शीर्ष छ जना प्रतियोगीहरूलाई  ‘तपाईँलाई यो संसारमा सबैभन्दा बढी के कुराको कमी छ जस्तो लाग्छ?’ भनेर प्रश्न सोधिएको थियो । विजेता मिसेस् सृष्टि श्रेष्ठले ‘यो संसारमा सबैभन्दा बढी सहानुभूतिको कमी रहेको’ जवाफ दिएकी थिइन् ।

उनले करुणा प्रायः पछाडि परेको संसारमा सहानुभूतिको एकदमै आवश्यकता रहेको औँल्याउँदै शक्तिशाली प्रतिक्रिया दिएकी थिइन् । मिसेस् सृष्टि श्रेष्ठले सहानुभूतिलाई संस्कार, संस्कृतिका रूपमा अँगाल्नसमेत सबैलाई आव्हान गरेकी थिइन् ।

उनको शक्तिशाली भनाइले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकको मनलाई छोएको थियो । जसका कारण मिसेस् सृष्टि श्रेष्ठले अन्तहःमिसेस नेपाल क्यानडा–२०२४ को ताज पहिरिन सफल भइन् ।

यसका साथै, हात्तीसार स्थित हब इन्टरनेशनल एजुकेसनले मिसेस् सृष्टि श्रेष्ठलाई सद्भावना दूत बनाउने घोषणा गरेको छ । जुन सकारात्मक बनाउने उनको प्रतिबद्धताको प्रमाण पनि हो । फस्ट रनरअप र मिसेस् फोटोजेनिकको उपाधि श्रीमती अलिशा राजभण्डारीले हात पारिन् । यस्तै मिसेस् रेश्मा थापा दोस्रो रनरअप भइन् ।



मिसेस् एमी कर्माचार्यलाई मिसेस् ‘ट्यालेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो भने मिसेस् श्याम लिम्बुले ‘मिसेस् पब्लिक च्वाइस’ अवार्ड जितिन् । महिला शिक्षा तथा सीप विकास संगठनका अध्यक्ष चन्द श्रेष्ठले कार्यक्रमको सान्दर्भिकतामा प्रकाश पार्दै सहभागीहरुलाई हार्दिक स्वागत गरेकी थिइन् ।



नेपाली फेसन होमकी अध्यक्ष हेमा मानन्धरले विश्वमा यस्ता कार्यक्रमको महत्त्व रहेको बताइन् । मिसेस् नेपाल–क्यानडा २०२४ ले महिलाहरूको विविध प्रतिभालाई मात्र नभई समाजमा समझदारी, स्वीकृति र करुणालाई बढवा दिन सहानुभूतिको तत्काल आवश्यकता रहेको जनाएको छ । 

मिसेस् नेपाल–क्यानडा २०२४ जनवरी २८ मा ब्राम्प्टन, ओन्टारियोको स्पेरान्जा कन्भेन्सन सेन्टरमा भव्य रूपमा सम्पन्न भएको थियो । महिला शिक्षा तथा सीप विकास संस्था र नेपाली फेसन होमबीचको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमले महिलाको प्रतिभा र आत्मविश्वासलाई देशको इतिहासमा महत्त्वपूर्ण क्षणको रुपमा प्रस्तुत गरेको थियो । 

  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १३:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया