पेट्रोलियम पदार्थको मूल्य वृद्धि (नयाँ मूल्यसूची)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो।

निगमले पेट्रोलमा ४, डिजेल र मट्टीतेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टीतेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ। 

भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि नयाँ मूल्यसूची निर्धारण गरिएको र सो सूची राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार २१:१६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया