प्रधानमन्त्री कपमा सुदूरपश्चिमसँग पुलिस क्लब १९८ रनमा अलआउट

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको नेपाल पुलिस क्लब ४७.५ ओभरमा १ सय ९८ रनमा अलआउट भयो । 

उसका लागि शंकर रानाले ५२ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ बलमा ५ चौका र एक छक्काको मद्दतमा ४४ रनको पारी खेले । 

त्यस्तै, अर्जुन साउदले ३२ र आरिफ शेखले २६ रन जोडे । राशिद खान र ललित भण्डारी ७/७, दिलिप नाथ ६, कुशल भुर्तेल ५, करण केसी ४ र ललित राजवंशी एक रनमा आउट भए । सागर ढकाल ८ रनमा अविजित रहे । 

सुदूरपश्चिमका लागिथ शेर मल्लले ९.५ ओभरमा ५१ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, मिलन बोहरा, विकास आग्री र नारायण जोशीले दुई/दुई तथा दीपक चन्दले एक विकेट हात पारे ।  



पुलिस क्लब जारी प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । उसले ८ म्याच खेल्दा सबैमा जित निकालेको छ । सुदूरपश्चिमले ८ खेल खेल्दा ४ मा जित र ४ मा हारको सामना गरेको छ ।  




  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १३:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया