logo-img

प्रधानमन्त्री कपमा गण्डकीविरुद्ध १३२ रनमै समेटियो आर्मी

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १ सय ३२ रनमा अलआउट भयो ।

उसका लागि इमरान शेखले ३४, सोमपाल कामीले २३, कप्तान विनोद भण्डारीले १९, कुशल मल्लले १५, शाहब आलमले अविजित १२ र भीम सार्कीले १० रन जोडे । 

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । गण्डकीका लागि विपिन आचार्य, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले दुई/दुई तथा रोशन गौतम र सन्दीप पराजुलीले एक/एक विकेट हात पारे ।

जारी प्रतियोगितामा आर्मीले ८ खेल खेल्दा ६ मा जित र दुई खेलमा हार बेहोरेको छ । ऊ १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । सातौं स्थानमा रहेको गण्डकीले ८ म्याच खेल्दा ६ मा हार तथा दुई खेलमा मात्र जित हात पारेको छ ।  
 






  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १३:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया