भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । माघ २६ गतेदेखि हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुई समूहमा राखिएको छ ।

प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । साताव्यापी प्रतियोगिताअन्तर्गत हरेक दिन २ खेल खेलाउने तालिका छ ।

नकआउट चरणमा विजयी ५ सामुदायिक र ५ निजी विद्यालयले मेयर्स कप लिग खेल्नेछन् । राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल फागुन ४ बाट सुरु गरिने सहआयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।

सहभागी १० वटा सामुदायिक विद्यालयलाई प्रतियोगिताका मूल प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आवश्यक खेल सामग्री र जर्सी दिन  लागेको छ । 

आगामी बुधबार आयोजक भरतपुर महानगरपालिकाको सभाहलमा हुने कार्यक्रममा ती खेलसामग्री र जर्सी हस्तान्तरण गरिने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । 

एक्सपर्टले ८ लाख ६० हजार बराबरका खेलसामग्री र जर्सी दिने समझदारी महानगरसँग गरेको छ ।



भरतपुर महानगरपालिकाले ग्रासरुट क्रिकेटको विकास गर्नका लागि मेयर्स कप क्रिकेट प्रतियोगितालाई वार्षिक बजेटमै समेटेको छ । यसलाई निरन्तरता दिने भरतपुर महानगरपालिकाको रहेको मेयर रेनु दाहालले बताएकी छन् ।



  • प्रकाशित मिति : माघ १८, २०८० बिहीबार १८:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया