भारतिवरुद्ध नेपालको दोस्रो विकेट पतन, उत्तमले पनि खेल्न सकेनन् ठूलो पारी
फाइल तस्बिर

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा भारतले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा उत्तम थापा मगरलाई गुमाएको हो । 

उनी २१.५ ओभरमा ८ रनमा क्याच आउट भए । नेपालले पहिलो विकेटको रूपमा दीपक बोहरालाई गुमायो । उनी २२ रनमा आउट भए । नेपालले यो समाचार तयार पार्दासम्म २२ ओभरमा २ विकेट गुमाएर ६६ रन बनाएको छ ।

त्यसअघि ब्लोमफन्टेनमा टस जितेर ब्याटिङ रोेजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायो । उसका लागि सचिन दास र कप्तान उदय सहारणले शतकीय इनिङ खेले । 

१०१ बलमा ११ चौका र तीन छक्का हिर्काएका दासले सर्वाधिक ११६ रन बनाए । यस्तै, सहारणले १०७ बलमा ९ चौकाको मद्दतमा १ सय रनको पारी खेले । यस्तै, आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ र अर्शिन कुलकर्णीले १८ रन जोडे ।

नेपालका लागि गुलशन झाले १० ओभरमा ५६ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, आकाश चन्दले एक विकेट हात पारे । नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।

यता भारतले सुपर सिक्सको पहिलो खेलमा न्यूजिल्याण्डविरुद्ध २१४ रनको जित निकालेको थियो ।





  • प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार २०:१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया