logo-img

हिउँदे अधिवेशनमा नेपालभित्र नेपाल खोज्छौँ : चन्द्र भण्डारी

कांग्रेस सांसद चन्द्र भण्डारीले हिउँदे अधिवेशनमा संसद्ले विकास निर्माणमा नेपालभित्र नेपाल र कानुन निर्माणमा नेपालभित्र नेपाली खोज्ने गरी प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।

हिउँदे अधिवेशनका लागि सोमबार संघीय संसद् भवन पुगेका उनले बैठकपछि अबको संसद्ले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । 

उनले भने, ‘यो अधिवेशनमा हामीले नेपालभित्र नेपाली खोज्नु छ । वास्तवमा नेपालको भूगोल, समाज र संस्कृतिअनुसार हामीले कानुन निर्माण गर्नुपर्ने छ । जहाँ अनाहकमा मानिसहरू थुनिनु भएन, पुरस्कृत हुनु भएन र हाम्रो कानुनले ठूलाबडाहरुसित गलत प्रवृत्तिका व्यक्तिहरूसित आत्मसमर्पण नगरोस् भन्ने कुरामा सचेत भएर हामीले कानुन बनाउँछौँ ।’

त्यस्तै उनले अबको अधिवेशनमा सांसदहरू विकास केन्द्रित हुने गरी छलफल र नीति निर्माणको लागि तयार भएको उल्लेख गरे । नेपालभित्र नै नेपाल खोजेर विकास निर्माणका हिसाबले अगाडि बढ्ने उनको भनाइ छ ।  

‘यो अधिवेशनमा हामी कानुनमा मात्र सीमित हुँदैनौ । अब हामीले विकास निर्माणका समीक्षा गर्छौँ। विगतको बजेटले के काम गर्‍यो र के गर्न सकेन यसमा हामीले नेपालभित्र नेपाल खोज्छौँ यो अधिवेशनमा,’ सांसद भण्डारीले भने । 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार २०:३०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया