logo-img

राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ ।  बुधबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी प्रधानमन्त्री दाहालले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा मुख्यमन्त्री तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन् । बैठकमा संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहमा देखिएका समस्याबारे छलफल हुने बताइएको छ । 

परिषद्को पहिलो बैठक गत असारमा पोखरामा बसेको थियो। उक्त बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा कार्यविस्तृतिकरण परिमार्जन गरी तीनै तहका सरकारबीचको अधिकारमा ६ महिनाभित्र स्पष्टता ल्याउने निर्णय गरेको थियो ।  

यस्तै, दोहोरो–तेहरो अनुदान बन्द गर्ने, दोहोरो संरचना खारेज गर्ने, आयोजनामा पनि दोहोरोपना हटाउने, कानुन निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता गराउने, एकीकृत अभिलेख प्रणालीको विकास गर्ने र जग्गा प्राप्तिलाई सहज बनाइनेलगायतका विभिन्न ६ निर्णय पहिलो बैठकले गरेको थियो ।  
 





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार ८:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया