इरानलाई हराउँदै कतार एसियन कपको फाइनलमा, उपाधिका लागि जोर्डनसँग भिड्ने

आयोजक कतार एएफसी एसियन कपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इरानलाई ३–२ ले हराउँदै कतार फाइनलमा प्रवेश गरेको हो ।

कतारको जितमा अक्रम अफिफ, जेसिम गाबेर अब्दुलसालम र अलमोएज अलिले एक/एक गोल गरे । यस्तै, इरानका लागि सरदार अजमोन र अलिरेजा जाहानबाक्सको नाममा एक/एक गोल रह्यो ।  

अब कतारले उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डन दक्षिण कोरियालाई स्तब्ध पार्दै सेमिफाइनलमा पुग्यो । कतार र जोर्डनबीचको फाइनल खेल शनिबार हुनेछ । 





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार ७:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया