गिटारिष्ट र फुटबलर बन्न चाहन्छन् तैमुर

बलिउड जोडी सैफ अली खान र करिना कपूर खानका जेठा छोरा तैमुर अली खान पापराजीका प्रिय स्टार किड हुन् । 

उनी जन्मिएदेखि नै उनका तस्वीरहरु सामाजिक सञ्जालमा चासो र चर्चाका विषय बनिरहेका छन् । सैफ र करीनाले तैमुरलाई आफूहरु जस्तै लोकप्रिय सेलिब्रेटीको बाटोमा ल्याउन चाहेका छैनन्, त्यही भएर पनि उनीहरु पापराजीका अगाडि तैमुरलाई लुकाउने प्रयास गरिरहन्छन् ।

अहिले तैमुर सात वर्षको भइसकेका छन् । उनी अहिले स्कुल जान्छन् र खेलकुद गतिविधिमा सक्रिय छन् । सैफ र करिनाका अनुसार तैमुरले आफ्नो करियरको बाटो रोजिसकेका छन् ।

हालै एक अन्तरवार्तामा सैफ र करिनाले तैमुर र उनी भविष्यमा के बन्न चाहन्छन् भन्ने बारे खुलाएका छन् । करिनाका अनुसार तैमुर आफ्ना अभिभावकको बाटोमा हिँड्ने मनस्थितिमा छैनन् । उनको भनाइलाई समर्थन गर्दै सैफले तैमुरले भविष्यमा लिड गिटारिस्ट र फूटबलर बन्ने इच्छा व्यक्त गरेका छन् ।

‘तैमुर अर्जेन्टिना गएर टिमका लागि फुटबल खेल्न चाहन्छ । ऊ लियोनल मेसीको फ्यान हो । उसले हालैमात्र फुटबलमा हार व्यहोरेको छ’, सैफले भनेका छन् ।





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार ९:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया