logo-img

पहिचानवादी र कोशी सरकारबीच दोस्रो दिनको वार्ता जारी

पहिचानवादी र कोशी प्रदेश सरकारका प्रतिनिधिबीच आज दोस्रो दिनको वार्ता सुरु भएको छ । हिजो बसेको वार्तामा दुवै पक्षले आफ्ना कुरा राखेका थिए । बिहीबार आज फेरि बस्ने गरी बैठक सकिएको थियो ।

पहिलो दिनको बैठक सकारात्मक रहेको भन्दै दुवै पक्षले आज फेरि वार्ता बस्ने सहमति गरेका थिए ।

कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी समिति बनाएको थियो ।

वार्तामा उक्त सरकारी टोली सहभागी छ । आन्दोलनरत पक्षको तर्फबाट केन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगू र चन्द्रकुमार चौधरीलगायत  सहभागी छन् ।

प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । त्यसको विरोध गर्दै पहिचानका आधारमा नामकरण गरिनुपर्ने मागसहित पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् ।





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १२:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया