logo-img

कांग्रेस र माओवादीबाट कोशी प्रदेश सरकारमा थपिँदै मन्त्री

कोशी प्रदेश सरकारमा आज(शुक्रबार) नयाँ मन्त्रीहरू थपिने भएका छन् । कांग्रेस र माओवादी केन्द्रबाट मन्त्रीहरू थपेर सरकार विस्तार गरिन लागेको हो ।

सरकारमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री तथा इन्दिरा थापा राज्यमन्त्रीका रूपमा सहभागी हुने जनाइएको छ । माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगर मन्त्रीका रूपमा सरकारमा सहभागी हुँदै छन् ।

सुनुवारले स्वास्थ्य तथा खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ । थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री, माओवादीका मगर सिँचाई तथा ऊर्जा र कार्की सामाजिक विकास मन्त्री बन्ने भएको स्रोतले बताएको छ ।

सरकारमा थपिने मन्त्रीहरूलाई आजै अपराह्न ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ । नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री रहेको कोशी सरकारमा हाल कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।





  • प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार १३:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया